स्कूलमा म औसतभन्दा अलिकति मात्र माथिको विद्यार्थी थिएँ, एकदमै राम्रो नम्बर ल्याएर सबैको ध्यान तान्ने खालको होइन, तर पास हुन शिक्षकको कृपाको पनि आवश्यक नपर्ने।
मध्य–पश्चिमको दुर्गम, डोल्पा छेउको मान्छे म, प्राथमिक शिक्षा उतैको सरकारी विद्यालयमै भएको हुँदा पढाइको जग खासै मजबुत थिएन। तत्कालीन जनयुद्ध र त्यसपछिको तंग्रिँदै गरेको समयमा युद्धको केन्द्रबिन्दुमा म खुल्ला आकाश हेर्दै शान्ति कल्पिँदै हुर्किएको थिएँ, सपनाहरुका आकार ठूलै थिए, तर साकार पार्ने बाटो स्पष्ट थिएन।
यसरी छोरो पार नलाग्ला सोचेर सायद मेरो पिताले मलाई केही महिना दुई/एकवटा बोर्डिङमा राखेर अन्ततः गुणस्तरिय शिक्षाको खोजीमा कक्षा नौ मा गोरखा स्कूलमा भर्ना गरिदिनुभयो।
गोरखा स्कूलको वातावरण, माहोल मैले देखेको परिवेश र बुझेको संसारभन्दा निकै भिन्न थियो। म त्यहाँ एक किसिमको 'आउटसाइडर' जस्तो थिएँ। मेरो अङ्ग्रेजी गतिलो थिएन, बोली–चाली, पहिरन पनि त्यति परिष्कृत थिएनन्। म ‘कूल’ वा ‘स्मार्ट किड’ मा पर्दैनथे। पढाइमा मेहनत त गर्थेँ, तर मेसो
खासै मिल्दैनथ्यो,म र मेरा सहपाठीहरूमाझ ठूलो खाडल थियो, म भित्र मेरो कल्पनाको सुन्दर उचाई थियो, तर यथार्थमा कठोर गहिराई पनि त्यत्तिकै उपस्थित थियो।
स्कूल विशेष रमाइलो भयो भन्न सक्दिनँ- म पनि कोही हुँ, केही गर्न सक्छु भन्ने संघर्षमै चुपचाप मेरा दुई वर्ष बिते।
मेरो स्कूलको सबैभन्दा राम्रो पक्ष मैले गज्जब मानिसहरू भेटेँ।
एकलकाँटे म लाई एक्लो महसुस हुन नदिने नवीन, विशाल, विष्णु, संयम। अनि म मा सम्भावना देखि निरन्तर हौसला दिने नगेन्द्र सर, अन्सारी सर। मेरो नेपाली अझै त्यस्तो शुद्ध छैन तर जति छ त्यसमा सबै भन्दा ठूलो देन पञ्च सरको छ। साधना म्यामको सौम्य व्यक्तित्व बाट म निकै प्रभावित थिए। साईन्स वीरेन्द्र सर ले घोटी घाेटी पढाएर नै, मेरो रुचिको विषय बन्यो, अनि एस. एल. सी. पछिको विषय छनोट सजिलो भयो। सबैप्रति सदैव कृतज्ञ छु। सायद त्यतिबेला मैले आदर गर्ने व्यक्तिहरूले ‘तँले केही गर्न सक्दैनस्’ भनेको भए म त्यसैलाई शाश्वत सत्य ठान्थेँ होला। तर मेरा असल शिक्षक र गुनिला साथीहरूले म भित्रको धिपधिपे उज्यालो निभ्न दिएनन्, कहिल्यै मलाई कम महसुस हुन दिएनन्।
अहिले फर्केर सोच्दा लाग्छ, मलाई गोरखा स्कुलले सबैले भन्दा महत्वको कुरा संस्कार सिकायो, लगनशील हुन, अनुशासित रहन, व्यवस्थित बन्न, आफ्नो कामप्रति इमानदार र आत्मविश्वासी भइराख्न। यी बीजहरु, मेरो परिवारपछि, गोरखा स्कुलले नै मेरो जीवनमा रोप्यो झैँ लाग्छ र त्यसकै आधारमा म आजसम्मको यात्रा तय गर्न सकेको छु।
भलै यी बीजहरू उम्रिन र फल दिन समय लाग्यो- मेरो एसएलसी ठिकै मात्र भयो; १२ कक्षा राम्रो भयो। एमबीबीएस प्रवेश परीक्षामा देशभरका आकांक्षीहरूको खुला प्रतिस्पर्धाबाट दुई जनामध्ये पहिलो नम्बरमा छनोट भई प्रतिष्ठित मदन पुरस्कार गुठीबाट कोलकातामा पूर्ण छात्रवृत्तिमा एमबीबीएस गर्ने अवसर पाएँ।
मेडिकल अधिकृतका रूपमा एक वर्ष काम गरिसकेपछि, अहिले फेरि खुला प्रतिस्पर्धाबाट पूर्ण छात्रवृत्तिमा भारतको प्रतिष्ठित पीजीआई चण्डीगढमा आफूले रोजेको विषयमा विशेषज्ञ चिकित्सक बन्न रेजिडेन्सी गरिरहेको छु।
कथा अझै बाँकी छ, संघर्ष सकिएको छैन, यात्रा जारी छ।
तर जीवनको यस मोडमा एकछिन रोकिएर यी हरफहरू लेख्ने मन किन भयो भने, आज पनि पक्का कोही न कोही म जस्तै विद्यार्थी कतै हुनेछ, गोरखा स्कूलको कुनै बेन्चको कुनै कुनामा टोलाइरहेको, चुपचाप मेहनत गरिरहेको, केही गर्न चाहने तर बाटो नभेटाएको, भीडमा हराएको, जीवनको दौडमा कतै पुग्न नसकिने कि भन्ने आत्म-डरले ग्रस्त।
म त्यो बालक लाई भन्न चाहन्छु कि, म आठ कक्षासम्म राम्ररी अङ्ग्रेजी बोल्न–लेख्न नजान्ने, अप्सनल गणितका प्रश्नमा छेउ–टुप्पो छुट्याउन नसकी, ‘कतै मेरो मस्तिष्कमै समस्या त छैन?’ भनेर शंका गर्ने बिँडुलो विद्यार्थी आफ्नो निरन्तर कर्मको भरमा यहाँसम्म आइपुग्न सकेको छु भने, तपाईंले नसक्ने कुरा अहँ छैन।
तपाईंलाई आफ्नो सपनामा विश्वास हुनु पर्यो, त्यसपछि त्यो सपनाले पूर्ण हुन माग्ने मेहनत, त्याग, समर्पणका लागि तपाईँ तयार हुनुहुन्छ भने, यस संसारमा ‘नहुने’ भनिने कुरा विशेष केही छैन।
आदरणीय शिक्षकहरूलाई मेरो सादर अनुरोध कोही पनि बालबालिकालाई झुक्किएर पनि दुरुत्साहन नगरौँ। हरेक बच्चासँग आफ्ना मौलिक हराभरा सपना र लुकेका प्रतिभाहरु हुन्छन्। यी भूर्ण सपनाहरुको हत्या गर्नु महापाप हो, ती मुना-कोपिलाहरूलाई जोगाऔँ, मौलाउन दिऔँ, फैलिन र फुल्न दिऔँ। उनीहरूको लेखिँदै गरेको कथामा एक असल अध्याय बन्न प्रयास गरौँ। यस्तै सुन्दर सपनाहरूले नै समयको चक्रमा मानव भविष्यको मार्गचित्र निर्धारण गर्दछन्।
सबैभन्दा धेरै नम्बर ल्याउनु मात्र सफल हुनु होइन; साइन्टिस्ट, डाक्टर, इन्जिनियर, सीए बन्नु मात्र सफलता होइन। हाम्रो समाजलाई असल शिक्षक, कर्मठ उद्यमी, दक्ष सरकारी कर्मचारी, सिर्जनशील कलाकार, अनुशासित खेलाडी, इमानदार राजनीतिज्ञ, सबै उत्तिकै आवश्यक छन्।
एउटा असल खुशी मानिस बन्न सक्नु, मेरो विचारमा दक्ष डाक्टर वा इन्जिनियर बन्नुभन्दा कैयौ गुणा कठिन काम हो। र दुनियाँलाई आज सबैभन्दा बढी चाहिएका, खाँचो भएका मानिसहरू पनि सफल भन्दा असल मानिसहरू हुन, जसको हृदयमा करुणा, प्रेम, मानवताको दियो जलिरहेको हुन्छ, जसले एक सरल जीवन जिएर मात्र पनि आफ्नो वरिपरिका कैयौ जीवनहरु उज्यालो पार्न सक्दछन्।
धन्यवाद।