GUPS मा भर्ना भएको दिन आज पनि राम्ररी सम्झना छ। त्यसबेला मलाई आफ्नो भविष्य कता जाने हो, जीवन कहाँ पुर्‍याउने हो भन्ने कुनै स्पष्ट सोच थिएन। तर GUPS मा पाइला टेकेको क्षणदेखि नै मेरो जीवन बदलिन थाल्यो। यहाँ आउँदै गर्दा मैले कल्पना पनि नगरेका धेरै अवसरहरू पाएँ, र बिस्तारै आफैलाई बनाउन, आत्मविश्वासले अघि बढ्न सिकेँ।

केशर सर, राजेन्द्र सर, मोहन गुरु, दिवंगत दिल सर र अरू धेरै गुरुज्यूहरूलाई मनैदेखिको धन्यवाद दिन चाहन्छु। उहाँहरूले मलाई पढाउनु मात्रै भएन, मार्गदर्शन र mentoring पनि गर्नुभयो। मैले आफैमा बुझ्न नसकेको क्षमता उहाँहरूले पहिले देख्नुभयो, र त्यही विश्वासले आजको म बन्न मद्दत गर्‍यो।

GUPS मा बिताएका वर्षहरू मेरो लागि धेरै अर्थपूर्ण रहे। अध्ययनमा राम्रो गर्न पाएँ र विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाएँ। १०+२ पनि यही संस्थामा पढ्दा निरन्तर सिकाइ, मार्गदर्शन र mentoring ले हरेक कदममा अघि बढ्न साथ दियो।

आज १६ वर्ष पछि पछाडि फर्केर हेर्दा, आफू कतिदूर पुगिसकेको छु भन्ने महसुस हुन्छ। यो यात्रालाई विशेष बनाइदिनुभएकोका लागि सबै गुरुज्यूहरू, विद्यालयका कर्मचारीहरू र मेरा प्रिय साथीहरूलाई मनैदेखि धन्यवाद। ती दिनहरू साँच्चिकै सुन्दर थिए, र कहिलेकाहीँ फेरि त्यही दिनहरूमा फर्किन पाए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ।
S

Susan Pandey

Batch 2066 BS

[email protected]