रजत पथमा गोरखा युनाइटेड
सर्बप्रथम सम्पुर्णमा नमस्कार!
No doubt!!! गोरखा युनाइटेडसँगको मेरो नाता अत्यन्तै प्रगाढ थियो, छ, र सधैं रही रहनेछ। मैले मेरो जीवनका तीन अमूल्य वसन्तहरू यही स्कुलको समीपमा बिताएका छु ! म यस संस्थाको एक उत्पाद हुँ। र म आज जे छु, जहां छु, त्यसको श्रेय गोरखा स्कुललाई पनि दिन चाहन्छु। समयको पदचाप पछ्याउँदै गर्दा भौगोलिक दूरीले मलाई विद्यालयदेखि टाढा बनाएको छ। तर पनि म अझै विद्यालयको पेज नियमित रूपमा पछ्याइरहेको हुन्छु । विगत सम्झाउने तस्वीरहरू हेर्दा म पुनः त्यही क्षणमा पुगेझैँ हुन्छु। म चाहन्छु यस्ता अवसरहरू निरन्तर मिलून्, जसले विद्यालयसँगको सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउँदै लैजाओस्।
अन्सारी सर र स्व. बिरेन्द्र सरले पढाउनु भएकै हो -“समानान्तर रेखा कहिल्यै भेटिँदैनन् !” SLC (अहिलेको SEE) पछि हामीहरू पनि समानान्तर (parallel) रेखा जस्तै अलग–अलग दिशामा विभाजित भएका थियौँ। तर वर्षौँपछि आज GUPS Alumni हाम्रो बीचमा पुल बनेर हामीलाई फेरि जोड्ने कडी बनेको छ। र त वर्षौंपछि अमिट सम्झनाहरू बोकेर म फेरि आफ्नै घर फर्किन पाएको छु।। वर्षौंपछि आफ्नो मूल जरो भेटाउँदा लागेको छ हाम्रो सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ। देश–विदेशमा छरिएका पूर्वविद्यार्थीहरूलाई एउटै मालामा गाँस्ने यो प्रयास विद्यालयको इतिहासमा कोसेढुंगा सावित हुने कुरामा कुनै दुईमत छैन। यस महान् प्रयासका लागि मध्यस्थता गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई सम्पूर्ण पूर्वविद्यार्थीहरूको तर्फबाट हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। म चाहन्छु, पुराना विद्यार्थीलाई विद्यालयसँग जोड्ने कार्यक्रमको सिलसिला निरन्तर रूपमा चलिरहोस्। यसले नयाँ पुस्तालाई मार्गदर्शन र प्रेरणा दिन्छ।
उसो त म निद्रामा कमै सपना देख्ने मान्छे! तर पनि मैले देख्ने थोरै मध्यका धेरै सपनाहरु आजसम्म पनि कहि न कतै गोरखा युनाइटेड स्कुलसँग जोडिएका हुन्छन्। लेख्दै गर्दा याद आयो, मेरो मनसपटलमा ५४०१०५ अझै पनि ताजा नै रहेछ! सायद नेपाल बन्दको बेला धेरै पटक डायल गरेको भएर होला। खैर जे होस्, स्कुल छोडेको यति वर्ष भइसक्दा पनि म GUPS को "ह्याङओभर" बाट मुक्त हुन सकेको छैन! र चाहन्न पनि!आई रिअल्ली मिस माइ स्कुल डेज!
नगेन्द्र सरसँगको पछिल्लो भेटमा विगतलाई फेरि ताजा बनाउन मैले हाँस्दै भनेँको थिए "सर, प्लिज! पहिले जस्तै मेरो पाखुरामा एक पटक पंच हान्नु न !" यति भन्दै गर्दा सरको पढाउने शैलीको प्रशंसा नगरी रहन सकिन! विद्यार्थीको मनोविज्ञान बुझेर हामीलाई सक्रिय बनाएर पढाउने तरिका साँच्चै अनौठो थियो ! कक्षामा कोही निदाउन खोजे, कहिले कन्सिरीको रौं तान्ने त कहिले पाखुरामा हल्का पंच हान्ने! यसले हामीलाई कक्षामा सधैं सतर्क राख्यो र पढ्न पनि सजिलो भयो। र त कक्षा ८ मा हुँदा उहाँले मेरो दिमागमा घुसाउनु भएको derivation (p = hdg) आजसम्म पनि ताजै छ, उस्तै स्पष्ट, अनि उस्तै जीवन्त!
आज GUPS को विगतलाई फर्केर हेर्दा, मलाई हरेक कार्यक्रममा मार्गदर्शन गर्ने मेरा आदरणीय गुरु पञ्च सर, बद्री सर र मनु सरलाई नमन गर्न चाहन्छु। उहाँहरूको प्रेरणाले नै, अलिकति भए पनि, मनमा लागेको कुरा धक नमानी मासमा बोल्न सक्ने भएको छु। मलाई स्कूल क्याप्टेनको लागि उम्मेदवारी दिन प्रोत्साहन गर्ने आदरणीय मोहन गुरुलाई पनि सम्झन चाहन्छु। गुप्स मै पुगेसी मैले अलिकति भए पनि कम्मर भाँच्न सिकेको हुँ ! र त्यसको श्रेय म स्वर्गीय दिलु सरलाई दिन चाहन्छु। अनि मलाई दिलु सरको नजरमा पुर्याउने राजेन्द्र सरलाई बिर्सिने त कुरै हुँदैन। राजेन्द्र सर, हजुरको एक झापडले यो त पक्कै सिकाएको छ कि, जता भीड छ, त्यो बाटो सधैं सही हुँदैन ! त्यसैगरी, म माथि विश्वास गरेर होस्टेल क्याप्टेनको जिम्मा दिनुहुने अर्जुन सरलाई पनि सम्झन चाहन्छु। म सफलताको चुचुरोमा त पक्कै पुगेको छैन, तर तपाईंहरूले देखाउनुभएको बाटोलाई पछ्याउँदै मेरो यात्रालाई जारी राखेको छु। GUPS को बसाइमा मलाई साथ, सहयोग र विश्वास गरेर अगाडि बढ्न प्रेरणा दिने प्रत्येक हातहरू प्रति आभार व्यक्त गर्न चाहन्छु। हजुरहरु प्रति मेरो सम्मान सदा रहनेछ !
आज विद्यार्थी भाइ–बहिनीहरूले विभिन्न प्रतियोगितामा प्राप्त गरेको सफलता फेसबूक मार्फत देख्दा मन खुशीले भरिन्छ। हाम्रो समयमा आजको जस्तो प्रविधि यति विकसित थिएन। तर त्यतिबेला हामीले GUPS मा पाएको सुविधा नेपालमा भर्खरै भित्रिएको प्रविधिभन्दा कमजोर भने पक्कै थिएन। तुलनात्मक रूपमा हेर्दा, त्यतिबेलाका नेपाली विद्यार्थीहरूले पाउने शैक्षिक सुविधा र गुणस्तरमा हाम्रो विद्यालय अन्य विद्यालयभन्दा कम थिएन भन्ने कुरा म दाबी गरेरै भन्न सक्छु।
मानव प्रवृत्तिको उपज नै भनु क्यारे —कहिलेकाहीँ म अलिकति छिट्टै जन्मिएछु कि जस्तो पनि लाग्छ ! काश्, त्यतिबेला आजको जस्तो सामाजिक सञ्जाल मार्फत फोटो, भिडियो सुरक्षित राख्ने सुविधा भएको भए ! आजको जस्तो वास्तविक समयमा देश–विदेशका मानिसहरूसँग जोडिने अवसर भएको भए ! जसरी आज म विदेशमा बसेर पनि तपाईंहरूले गरेका हरेक गतिविधि नियालीरहेको छु ! त्यस्तै सुविधा त्यतिबेला भएको भए, आज म पनि आफ्ना ती सुनौलो दिनका केही दृश्यहरू दोहोर्याएर हेर्न पाउँथेँ होला।
वास्तवमा अहिले मेरो कुरा तपाईंलाई सामान्य लाग्न सक्छ। लाग्ला पनि ! किनकि नजिकको तीर्थ हेला नै हुन्छ। तर जीवनको कुनै मोडमा यस्ता दिन अवश्य आउनेछन्-जब तपाईंहरूलाई पुनः आफ्नै विद्यालय जीवनमा फर्किने तीव्र चाहना जाग्नेछ। आफ्नै विद्यालय जीवनसँग सम्बन्धित कुराहरू देख्दा मलाई जस्तै तपाईंहरूलाई पनि गहिरो nostalgic feeling आउनेछ। किनकि-“Memory brings back memories.”
गुप्स अलुम्नीको हैसियतले भन्नुपर्दा, गुप्सको विद्यार्थी हुनु आफैंमा ठूलो भाग्य हो। तर गुप्सको होस्टेलर बन्न पाउनु भनेको अझ त्यो भन्दा ठुलो सौभाग्य ! हाम्रो GUPS को होस्टल न बस्नेहरुको गय न त आधा जीवन खेर ! होस्टेलको आलु खाएर हुर्किएको हुनाले यती भन्नु मेरो परम धर्म हो भन्ने लाग्छ। अहिले अवस्था कस्तो छ थाहा छैन, तर हाम्रो पालामा होस्टेलर र आलुबीच निकै गहिरो सम्बन्ध थियो। कक्षामा सरले पढाउँदा कतिपय विद्यार्थी निद्रामा झुल्थे र ती मध्य धेरै त होस्टेलर नै हुन्थे क्यारे! यसको प्रमुख कारण भनेको तरकारीको राजा, आलु नै थियो। खैर, होस्टेलर जस्तै आलु पनि सबैसँग मिल्ने भएकाले हाम्रो होस्टेल जीवनको अभिन्न हिस्सा बनेको थियो भन्दा कुनै दुबिधा नहोला !
उसो त गन्तव्यमा पुगेपछि मानिसहरू लौरीलाई बिर्सिने गर्छन् तर म आज हामीलाई सधैं समयमै स्वादिष्ट खाना पकाएर खुवाउने अनि मलाई सधा "बेटा" भनेर सम्बोधन गर्ने लामा अङ्कल, आन्टी र बाधु दाइ लाई पनि सम्झन चाहन्छु। गुप्सको तीन वर्षे बसाइमा, पहिलो दिनदेखि नै हरेक कुरामा मलाई सहयोग गर्ने मेरा स्थानीय अभिभावक पाण्डे दाइलाई पनि अझ विशेष सम्झन चाहन्छु। उहाँको सहयोगले मेरो बसाइ अझै सहज र अर्थपूर्ण बन्यो। यसै सिलसिलामा म मेरो होस्टेल परिवारका सबै सदस्यहरूलाई सम्झन चाहन्छु-सुषिला आंटी, नोकी दिदी, सबिता आंटी, जगतराम अङ्कल, र नाम छुटेका सबैजना जो सँग मैले एउटै छत share गरेको थिएँ। तपाईंहरूको सेवा, सहयोग र हौसलाले हाम्रो होस्टेल बसाइ अझ सहज र अविस्मरणीय बन्यो। त्यसका लागि हजुरहरु सबैलाई नमन गर्दछु। अ साच्ची ! मेरो त १०२ थियो नि ! अनि तपाईंहरुको कैदी नम्बर नि ? हा...हा होस्टेल नम्बर क्या!
मंगलवार र शनिबार साझाको खाना जस्तै होस्टेल जीवनको अर्को मिठो पक्ष भनेको त्यहाँ बन्ने भावनात्मक सम्बन्धहरू! होस्टेल जीवन पश्चात् मेरो हातमा त्यति धेरै राखीहरू आजसम्म बाधिएका छैनन् ! प्रत्येक रक्षाबन्धनमा मलाई राखी बाँध्ने बहिनीहरूलाई आज पनि म मिस गर्छु। धेरैले त मलाई बिर्सिसके होलान्, तर उनीहरूको त्यो बच्चापनको अनुहार अझै पनि मेरो स्मृतिमा ताजा नै छ। जहाँ भए पनि, तिमीहरुलाई धेरै माया अनि आशीर्वाद !
नयाँ भाइबहिनीहरू, तपाईंहरूलाई होस्टेल जीवन कहिलेकाहीँ जेलजस्तो लाग्न सक्छ! सबेरै उठ्नु, घण्टीको इसारामा चल्नु, जे गर्दा पनि लाइनमा बस्नु, हाजिरमा जोडले कराउनु, एउटा व्यक्तिले गल्ती गर्दा पूरै समूहले सजाय पाउँनु जस्ता कुराहरू हाम्रो दैनिकि बन्दा सुरुमा सबैलाई अप्ठ्यारो लाग्न सक्छ ! तर यही अनुशासनले हामीलाई जीवनमा आउने कठिन भन्दा कठिन परिस्थितिसँग जुध्नको लागि भित्रभित्रै तयार गरिरहेको हुन्छ । वास्तवमा यो हामीमा resilience (सहनशीलता) तयार गर्ने स्थान हो र त होस्टेलमा बस्नेहरू मानसिक रूपमा पनि बलियो हुन्छन्। आफ्नो अनुभवको आधारमा भन्दै छु- जीवनको कुनै मोडमा यदि सैन्य तालिम गर्नुपर्यो भने, होस्टेल जीवनका यी अनुभवहरूले ठूलो सहयोग पुर्याउँनेछन्। त्यसैले, होस्टेललाई भोलिको जीवनका लागि तयार गराउने थलोको रूपमा लिनुहोस्।
संपूर्ण भाइ-बहिनीहरूलाई मेरो सल्लाह- पढाइलाई केवल परीक्षा उत्तीर्ण गर्न वा राम्रो अंकका लागि मात्र नलिनुहोस् । म कक्षा ८ मा हुदा प्रोग्रामिङसँग परिचित भयको हु ! तर त्यतिबेला पास मात्र गर्न लागियो। कोडको तर्क बुझ्नुभन्दा घोकेरै पास गरियो। आज फर्केर हेर्दा लाग्छ- काश्, त्यतिबेला बुझेर अभ्यास गरेको भए जीवन कति फरक हुन्थ्यो! त्यसैले त कोडिङ को लजिक अनि LOOP भित्र हराउँदा मैले धेरै पटक प्रकाश सरलाई सम्झेको छु । त्यसैले, पढाइलाई राम्रो अंक ल्याउने दबाबभन्दा पनि रमाइलोको रूपमा लिनुहोस्। आज त केही नयाँ कुरा सिक्छु भन्ने उत्साहका साथ अघि बढ्नुहोस्। जीवनमा प्रयोग गर्न सकिने ज्ञान संगै सीप हासिल गर्नुहोस्। नयाँ प्रविधिसँग तालमेल मिलाउनुहोस् ! फेरि पनि भन्छु-घोकेर होइन, बुझेर पढ्नुहोस् ल!
अ साँचै: विज्ञान, एआई, रोबोटिक्स जस्ता विषयमा रुचि राख्नु हुन्छ भने हाम्रो पालाको ‘जुनियर वैज्ञानिक’ भनेर परिचित मेरा मित्र संम्यम GUPS मै आबद्ध हुनुहुन्छ। मलाई विश्वास छ उहाँसँग आधुनिक प्रविधि सम्बन्धी धेरै ज्ञान छ र उहाँले तपाईंलाई सहयोग पनि गर्नुहुनेछ। उहाँको सल्लाह लिएर आफ्ना कल्पनालाई आविष्कारमा बदल्ने प्रयास गर्नुहोस्। उहाँको भरपुर फाइदा उठाउनुहोस्। के थाहा- GUPS बाट तपाईं नै अर्को ‘जुनियर वैज्ञानिक बन्न सक्नुहुनेछ! मेरो धेरै शुभकामना छ है त ! तर ‘भोलि गर्छु’ भन्दै बस्नुभयो भने साधना म्यामले Symphony Book मा पढाउनु भएको procrastinator मात्र बन्नुहुनेछ ! त्यसैले, घाम छँदै कपडा धुनु होला!
पूर्व विद्यार्थीको हैसियतले म विद्यालय व्यवस्थापनलाई केही सुझाव प्रस्तुत गर्न चाहन्छु। प्रविधिको युग भएकाले विद्यालयले अब समयसँगै तालमेल मिलाउने खालका पहलहरू गर्नैपर्छ। आधुनिक प्रयोगशाला, डिजिटल प्लेटफर्म, कम्प्युटर तथा इन्टरनेट पहुँचलाई सहज बनाउँदै विद्यार्थीलाई विश्वस्तरको ज्ञानसँग जोड्नुपर्छ। विद्यालयमा एआई र रोबोटिक्स प्रयोगशाला स्थापना गरियोस्, जसले विद्यार्थीलाई आधुनिक विज्ञान र प्रविधि नजिकबाट बुझ्ने अवसर दिलाओस्।
होस्टेलमा बस्ने विद्यार्थीलाई उपकरण, पुस्तकालय तथा अध्ययन सामग्री सहजै उपलब्ध गराइयोस्। खाली समयमा उनीहरूले बिग्रिएका मेसिनका पार्ट–पुर्जा खोल्दै reverse engineering अभ्यास गर्न सकून्। साना बालबालिकालाई पनि खाली समयमा टेलिभिजन हेर्नुभन्दा जटिल LEGO संरचना बनाउन प्रोत्साहित गरिनुपर्छ। यसरी विद्यार्थीहरूले आफ्नो खाली समयको सदुपयोग उचित र सिर्जनात्मक कार्यमा गर्न सकून्, ताकि उनीहरूको ज्ञान, कौशल र सोचलाई अझ सुदृढ बनाउन सकियोस्। यसरी विद्यालयलाई नवप्रवर्तनको केन्द्र बनाउन सकिनेछ।
त्यसैगरी, हाम्रो क्षेत्रमा हुने हरेक प्रतियोगितामा GUPS ले पहिलाजस्तै एकछत्र दबदबा कायम गरेको देख्न चाहन्छु। म चाहन्छु, प्रत्येक रनिङ शिल्डको विजय उत्सवमा "जय माँ काली, गोरखाली" का नाराहरू गुञ्जिरहोस्, जसले विद्यालयको गौरव र आत्मविश्वासलाई अझ उच्च स्तरमा पुर्याउनेछ। यसरी अतिरिक्त गतिविधिहरूलाई सशक्त बनाउँदै हाम्रो विद्यालयलाई प्रेरणादायी केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ।
कुनै दिन मलाई आदरणीय केशर सरले आफ्नो ०–१२ को अवधारणा सुनाउनु भएको थियो। SLC पछि काठमाडौं नगई GUPS मै अध्ययनलाई निरन्तरता दिन सल्लाह पनि दिनुभएको थियो ! र त्यसका लागि हरेक तहमा सहयोग गर्ने प्रतिज्ञा पनि गर्नुभएको हो। तर म रोकिन सकिनँ। यद्यपि, यदि GUPS ले आफ्ना वास्तविक उत्पादनहरूलाई रोक्न सक्ने वातावरण निर्माण गर्न सकेको खण्डमा हाम्रो शैक्षिक नतिजा अझ उत्कृष्ट हुने कुरामा कुनै दुईमत छैन।
यसरी आफ्नै उत्पादनबाट आएको परिणामलाई आफ्नै क्षेत्रको विकासमा लगाउन सकियो भने पनि हामीले प्रतिभा पलायन (brain drain) केही हदसम्म घटाउन सक्नेछौँ। यो केवल विद्यालयकै लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि ठूलो सकारात्मक पक्ष हुनेछ। समयअनुसार GUPS ले आफूलाई प्रमाणित गर्दै आएकोछ। र म चाहन्छु कि निरन्तरता, उत्कृष्टता र आत्मनिर्भरता कायम गर्दै गुणस्तरीय शैक्षिक क्षेत्रमा GUPS एक स्थापित ब्रान्ड बनोस् ! आम विद्यार्थीको सपनाको विद्यालय संगै GUPS हाम्रो क्षेत्रकै एउटा नमुना विद्यालय बनोस्। म आतुर छु त्यो दिन देख्नलाई ! GUPS को जुझारु टोलीलाई सफलताको अग्रिम शुभकामना।
अन्त्यमा, म मेरो ब्याच २०६८ का सबै साथीहरूलाई सम्झन चाहन्छु। दिनदिनै कुरा नहोला, तर तिमीहरू सँग बिताएका तितामीठा हरेक पलहरूलाई मैले आजसम्म पनि बिर्सेको छैन। One text from you guys means a lot. So, फुर्सदको बेला मेसेंजरमै भए पनि हाम्रो मित्रतालाई जीवित राख्ने प्रयास गरौं। हिजो हाम्रो संवाद जहाँबाट रोकेको थियो त्यहीँबाट निरन्तरता दिँदै मित्रतलाई अझ मजबुत बनाऔं।
अँ साँच्चै! हिजोआज केही साथीहरू सम्पर्कविहीन भएका छन् ! उनीहरूलाई भन्न चाहन्छु- पहिले एकफेरा आफ्नै हातका सबै औंलाहरू नियालेर हेर ! सबै कहाँ एकै जस्तो छन् र? जीवन एउटा दौड हो साथी, कहिले तिमी अगाडि हुन्छौ, कहिले अरू! बस्, सत्यकर्म गर्न चाहिँ कहिल्यै नछोड्नु। अनि एकदिन तिम्रो पनि चम्किने पालो अवश्य आउँछ! साथीहरू, जीवनको कुनै मोडमा हाम्रो भेट जरुर हुनेछ अनि ती पुराना यादहरुलाई पुन: ताजा गरौला है त ! आजलाई यत्ति! सबैलाई धेरै-धेरै माया अनि मिठो सम्झना ! जय गोर्खा !!!
सदा मेरो स्मृतिमा, रहनेछ गोर्खा !!
मेरो रगतमा हरेक पल, बहनेछ गोर्खा !!
समयसँगै परिष्कृत, शिक्षाको ज्योति छर्दै,
रजत पथमा निरन्तर, लम्किनेछ गोर्खा !!
विशाल भण्डारी
School & Hostel Captain
GUPS 2068
Helsinki, Finland